Rule 10
सामान्य शिकार अनुज्ञापत्र
सामान्य शिकार अनुज्ञापत्र अनुसूची (१ बमोजिमको दस्तुर लिई नेपाली र विदेशी नागरिकलाई महाभारत श्रृंखलादेखि दक्षिण सीमाक्षेत्रसम्म पन्ध्रदिन वा महाभारत श्रृंखलादेखि उत्तर सीमाक्षेत्रसम्म एक्काइस दिनसम्म बहाल रहने गरी दिन सकिनेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले अनुज्ञापत्रमा लेखिएको जिल्ला वा क्षेत्रमा देहायका वन्यजन्तुहरू र पंक्षीहरू देहायको अधिकतम संख्यामा नबढाई वन्यजन्तुको हकमा जम्मा चारवटासम्म र पंक्षीहरुको हकमा जम्मा दशवटासम्म शिकार गर्न पाउनेछस्(
९१० वन्यजन्तुको नाम शिकार गर्न पाइने प्रत्येक वन्यजन्तुको अधिकतम संख्यास्(
(क) रातो मृग ( १
(ख) चित्तल ( २
(ग) लगुना ( १
(घ) घोडा गधा ( १
(ङ) बनेल ( २
(च) चौघडा ( ४
२ पंक्षीहरूको नाम :शिकार गर्न पाइने प्रत्येक पंक्षीहरूको अधिकतम संख्यास्(
(क) मुजूर ( २
(ख) कालिज ( ४
(ग) लुईचे ( १०
(घ) च्याखुरा र तीत्रा ( १०
(ङ) पानी हाँस र चखेवा ( १०
(च) ढुकुर, परेवा, हलेसो ( १०
(छ) बट्टाई ( १०
(९ज) चाहा ( १०
तर कुनै पनि दिनमा चाहा र बट्टाई बाहेक अन्य पंक्षीहरू पाँचवटा भन्दा बढी मार्न पाइने छैन । चहा र बट्टाईको हकमा एक दिनमा बढीमा दशबटासम्म शिकार गर्न सकिनेछ ।